फेसबुकमा खुकुरीसहितको तस्वीर राखेको आरोपमा १८ वर्षीय युवक पक्राउ

  • कालिका खवर
  • सोमवार, अशोज २६, २०८३
  • रौतहट । सामाजिक सञ्जाल फेसबुकमा खुकुरी देखाउँदै तस्वीर पोस्ट गरेको आरोपमा धनुषा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका–१३ का १८ वर्षीय सुमन पटेल रहेका छन् ।

    जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार पटेललाई आफ्नै घरबाट पक्राउ गरिएको हो ।

    सामाजिक सञ्जालमा खुकुरीजस्तो हतियार प्रदर्शन गर्दै डरत्रास फैलाउने प्रकृतिको सामग्री पोस्ट गरेको आरोपमा उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

    सामाजिक सञ्जालमार्फत हतियार प्रदर्शन गरी सार्वजनिक रूपमा त्रास फैलाउन खोजेको आरोपमा प्रहरीले अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी ओम प्रकाश खनालले बताए ।

    घटनाबारे थप विवरण तथा पक्राउ परेका युवकविरुद्धको कानुनी प्रक्रियाबारे प्रहरीले विस्तृत जानकारी सार्वजनिक गर्न बाँकी छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar