केपी ओलीको सत्ता मोह रिजेक्टेड प्रेमीको रुवाइजस्तै छ : रक्षा बम

  • कालिका खवर
  • बुधबार, मंसिर १०, २०८२
  • काठमाडौं : नेपाल जेनजी फ्रन्टकी संयोजक रक्षा बमले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता मोह देखाएको आरोप लगाएकी छिन्। संयोजक बमले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमालेले दल दर्ता गरेपछि कडा प्रतिक्रिया दिँदै यस्तो बताएकी हुन्।

    उनले एमाले ‘अर्को भाग पाइहालिन्छ कि’ भनेर दल दर्तामा गएको तर्क गरेकी छिन्। तर लोकतान्त्रिक बाटो अपनाएको भन्दै ‘शंकाको सुविधा’ सहित स्वागत गर्नुपर्ने तर्क उनको छ। उनले भदौ २३ को तानाशाही घटनादेखि अहिलेसम्म लोकतन्त्र र संविधानमाथि निरन्तर हमला भइरहेको स्मरण गराउँदै जनताले दिएको म्यान्डेट सुशासन, भ्रष्टाचार छानबिन र लोकतान्त्रिक निकासका लागि भएको स्पष्ट पारेकी छन्। चुनाव नहुनु भनेको फेरि तानाशाहको पाउमा देशको बागडोर सुम्पनु भएको उनको चेतावनी छ।

    एमाले अध्यक्ष ओलीको सत्ता मोहलाई उनले व्यंग्य गर्दै भनेकी छन्, ‘सत्तासँगको ब्रेक अपपछि जनताले गरेको रिजेक्सन सहन नसकेर गुण्डुमा संसद् पुनर्स्थापनाको सुगा रटाई बम्किरहेका छन्। रिजेक्टेड प्रेमी जस्तै उनको रुवाइ छ।’ चुनाव हुन नदिएर देशलाई कुन शून्यतामा पुर्‍याउन खोजिँदैछ ? भनेर उनले प्रश्न पनि गरेकी छन्।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar