प्रहरीमाथि अभद्र व्यवहार गर्नेविरुद्ध अनुसन्धान जारी

  • कालिका खवर
  • बुधबार, भदौ १०, २०८३
  • काठमाडौँ । काठमाडौँको बानेश्वरमा ‘ड्युटी’मा खटिएका प्रहरी कर्मचारीलाई अभद्र व्यवहार तथा हातपात गरेको आरोपमा पक्राउ परेका जुम्ला तातोपानीका राज कठायतविरुद्ध पाँच दिनको म्याद थप गरिएको छ ।

    जिल्ला प्रशासन कार्यालयले म्याद थप गरी उनीमाथि थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । बानेश्वरबाट थापागाउँ जाने सडकखण्डमा मंगलबार बिहान ड्युटीमा खटिएका प्रहरीले आकाशे पुलबाट बाटो काट्न आग्रह गर्दा कठायतले अटेर गर्नुका साथै अभद्र व्यवहार गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो ।

    जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक दानबहादुर थापाका अनुसार कठायतविरुद्ध राष्ट्रसेवकलाई बाधा पु¥याएको र अभद्र व्यवहार गरेको आरोपमा अनुसन्धान भइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar