बाढीले धादिङको फुर्केखोलाको पुल बगायो

  • कालिका खवर
  • बुधबार, भदौ १०, २०८३
  • धादिङ । रसुवाको भोटेकोसीमा आएको बाढी धादिङको फुर्केखोलाको पक्की पुल पनि बगाएको छ ।

    धादिङको सदरमुकाम धादिङबेशी जाने मुख्य पुल नै बाढीले बगाएको हो ।

    पुल बगाएसँग धादिङबेशी र पृथ्बी राजमार्गको मुख्य सडकको सम्पर्क टुटेको छ । पुल बगाएपछि धादिङको सदरमुकाम धादिङबेशी आउजाउ सवारीसाधन तथा यात्रु रोकिएका छन्।

    स्थानीय प्रसासनले आसपासका बासिन्दा तथा यात्रुलाई सतर्क रहन आग्रह गरेको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar