जसपा नेपालले लुम्बिनीका तीन सांसदलाई सोध्यो २४ घण्टे स्पष्टीकरण

  • कालिका खवर
  • मङ्लबार, भदौ ९, २०८३
  • काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले लुम्बिनी प्रदेशका तीन सांसदलाई फेरि स्पष्टीकरण सोधेको छ ।

    सांसदत्रय सन्तोष कुमार पाण्डे, हेमा बेलवासे र भण्डारी लाल अहिरलाई पार्टीले कारबाही गर्ने तयारी स्वरूप २४ घण्टे स्पष्टीकरण सोधेको हो ।

    पार्टी केन्द्रको निर्देशन विपरीत लुम्बिनी सरकारलाई समर्थन गरेको भन्दै जसपा नेपालले उनीहरूलाई कारबाही गर्ने तयारी गरेको हो । यसअघि पनि पार्टीले स्पष्टीकरण सोधेकोमा स्पष्टीकरण चित्तबुझ्दो नभएको पार्टीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar