झिनो अंकले घट्यो बजार, ५ कम्पनीमा सकारात्मक सर्किट

  • कालिका खवर
  • मङ्लबार, मंसिर १६, २०८२
  • काठमाडौं । सेयर बजार परिसूचकमा झिनो अंकको गिरावट आएको छ। साताको तेस्रो दिन मंगलबार बजार परिसूचक ०.५३ अंकले घटेर २६४४.७० विन्दुमा बन्द भएको हो । बजार आज ४ अर्ब ४८ करोडको सेयर कारोबार भएको छ ।

    आज कुल ३२४ वटा धितोपत्रको १ करोड ८ लाख १० हजार कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ४८ करोड १३ लाख बराबरको कारोबार भएको छ । कारोबारमा आएका कम्पनीहरूमध्ये १२५ कम्पनीको सेयर मूल्य बढेको छ । ११९ कम्पनीको मूल्य घट्दा १३ कम्पनीको मूल्य स्थिर रहेको छ । बजार झिनो अंकले घटेपनि लगानीकर्ताका लागि भने केही कम्पनीले उत्साहजनक प्रतिफल दिएका छन् ।

    आजको कारोबारमा पाँचवटा कम्पनीको सेयर मूल्यमा १० प्रतिशतको वृद्धि भई सकारात्मक सर्किट‍ लागेको छ। यसरी सर्किट लाग्ने कम्पनीहरुमा सागर डिस्टिलरी, स्वस्तिक लघुवित्त, झापा इनर्जी, माविलुङ इनर्जी र बु‌गल हाइड्रोपावर रहेका छन् । बजारमा सामान्य गिरावट भए पनि आज बजारमा आठवटा समूहका परिसूचक बढेका छन् ।

    बैंकिङसहित पाँच परिसूचकमा मात्रै गिरावट आएको छ । घटबढ भएका सबै समूहमा एक प्रतिशत भन्दा कमको उतारचढाव छ । कारोबार रकमका आधारमा युनियन हाइड्रोपावर ३१ करोड ८१ लाख रुपैयाँभन्दा बढीको कारोबारसहित शीर्ष स्थानमा रहेको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2025 kalikakhabar.com All right reserved Site By : Kalika Khabar