इनड्राइभको ‘प्लेटिनम ड्राइभर गिभअवे’ अभियान सम्पन्न, विजेतालाई टाटा एक्सप्रेस–टि ईभी र टिभिएस रेडर प्रदान

  • कालिका खवर
  • मङ्लबार, मंसिर ९, २०८२
  • काठमाडाैं । विश्वव्यापी मोबिलिटी तथा अर्बान सेवाप्लेटफर्म इनड्राइभ ले काठमाडौंमा आयोजित विशेष कार्यक्रममा ‘प्लेटिनम ड्राइभर गिभअवे क्याम्पेन’ का विजेताहरूलाई पुरस्कार हस्तान्तरण गरेको छ। अभियानमा ड्राइभर पार्टनर्सको उच्च उत्साह र उल्लेखनीय सहभागिता रहेको जनाएको छ।

    क्याम्पेन ड्राइभर पार्टनर्सको प्रतिबद्धता पहिचान गर्न साप्ताहिक च्यालेन्ज, आकर्षक उपहारहरू तथा दुई मेगा ग्रान्ड पुरस्कार सहित सञ्चालन गरिएको थियो। क्याब ड्राइभर श्रेणीमा हरि पाण्डे ले टाटा एक्सप्रेस–टि ईभी जित्दा, बाइक (मोटो) राइडर श्रेणीमा आकाश तामाङ ले टिभिएस रेडर जित्न सफल भए।

    दुबै विजेता तीनवटै च्यालेन्ज विकमा निरन्तर प्लेटिनम स्थिति कायम राख्ने र आवश्यक योग्यता मापदण्ड पूरा गर्ने चालकहरूको समूहबाट छनोट गरिएको थियो। विजेताको घोषणा नोभेम्बर ७ मा इनड्राइभ नेपालको टिकटक च्यानल मार्फत प्रत्यक्ष लक्की ड्र मार्फत गरिएको थियो।

    अभियानमा १५ जना ले वनप्लस नर्ड CE 4 Lite 5G स्मार्टफोन, ३० जना ले अल्टिमा एटम १९२ इयरबड र ३० जना ले अल्टिमा नोभा प्रो स्मार्टवाच जित्दै साप्ताहिक उपहारसमेत प्राप्त गरे।

    इनड्राइभ नेपालकी सिनियर ड्राइभर रिटेन्सन स्पेसलिस्ट सुनिता जीमी राई ले विजेताहरूलाई बधाई दिँदै भनिन्,
    “हाम्रा ड्राइभर पार्टनर्स नै नेपालमा इनड्राइभको सफलताको आधार हुन्। यो अभियान उनीहरूको प्रतिबद्धता, व्यावसायिकता र दैनिक योगदानलाई सम्मानित गर्ने हाम्रो प्रयास हो। हाम्रो पारदर्शी मूल्य निर्धारण मोडेलले चालक र यात्रु दुवैलाई लाभ पुर्‍याउँछ, र हामी हाम्रो समुदायलाई समर्थन गर्न गर्व गर्छौं।”

    उनका अनुसार इनड्राइभले भविष्यमा पनि ड्राइभर पार्टनर्सका लागि अझ ठूलो र प्रभावकारी अभियान ल्याइरहने प्रतिबद्धता व्यक्त गरेको छ।

    इनड्राइभका अनुसार, ड्राइभर पार्टनर्स समुदायको मुख्य आधार भएकाले उनीहरूको मेहनत, स्वतन्त्रता र निष्पक्ष अवसरलाई सम्मान गर्दै कम्पनी अघि बढ्दै जानेछ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar