प्रधानमन्त्रीले आफ्नो अभिव्यक्ति नसच्याएसम्म संसद चल्न नदिने विपक्षीको अडान

  • कालिका खवर
  • मङ्लबार, जेष्ठ १९, २०८३
  • काठमाडौं । विपक्षी दलहरूले सीमा विवादबारे प्रधानमन्त्री बालेन्द्र शाहले दिएको अभिव्यक्ति नसच्याएसम्म प्रतिनिधि सभा बैठक चल्न नदिने बताएका छन् ।

    विपक्षी दलहरुसँग भएको छलफलमा विपक्षीले प्रधानमन्त्रीको अभिव्यक्ति सच्याउनुपर्ने साथै संसदको रेकर्डबाट हटाउनुपर्ने माग गरेका हुन् ।

    प्रधानमन्त्रीले प्रतिनिधिसभा बैठकमा आएर गल्ती भएको स्वीकार्नु पर्ने उनीहरूको माग छ ।

    आजको लागि प्रतिनिधिसभा बैठक दिउँसो १ बजेका लागि आह्वान गरिएको थियो । तर, अझै बैठक सुरु हुन सकेको छैन ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar