नेपाल–भारत उच्चस्तरीय द्विपक्षीय बैठक सकियो

  • कालिका खवर
  • सोमवार, मंसिर ७, २०८३
  • नयाँ दिल्ली । भारतको राजधानी नयाँ दिल्लीमा नेपाल–भारत प्रतिनिधिमण्डलस्तरीय उच्चस्तरीय द्विपक्षीय बैठक सम्पन्न भएको छ ।

    बैठक प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा हैदरवाद हाउसमा भएको थियो । बैठकमा नेपाल–भारत सम्बन्धका सबै पक्षहरूमा छलफल भएको थियो । वार्तामा नेपाल–भारत सम्बन्ध, व्यापार, ऊर्जा तथा कनेक्टिभिटी लगायत विषयमा छलफल गर्ने कार्यक्रम थियो। छलफलका निर्णय तथा उपलब्धिबारे विस्तृत विवरण सार्वजनिक भइसकेको छैन।

    नेपाली प्रतिनिधिमण्डलमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार कुमार ब्यञ्जनकार, राजनीतिक सल्लाहकार असिम शाह, परराष्ट्र सचिव अमृतबहादुर राई, भारतका लागि नेपाली राजदूत डा. निश्चलनाथ पाण्डेलगायत सहभागी थिए ।

    त्यसैगरी, भारतका तर्फबाट विदेशमन्त्री डा. एस. जयशंकर, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल, राज्यमन्त्री जितिन प्रसाद, प्रधानमन्त्री मोदीका प्रधान सचिवद्वय डा. पी. के. मिश्रा र शक्तिकान्त दास, विदेश सचिव विक्रम मिस्री, नेपालका लागि भारतीय राजदूत सुधाकर दलेला र अतिरिक्त सचिव मनु महावरलगायत सहभागी थिए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar