गुडिरहेको कारमा आगलागी

  • कालिका खवर
  • सोमवार, मंसिर ७, २०८३
  • इटहरी । सुनसरीको इटहरीमा गुडिरहेको कारमा आगलागी भएको छ । मुख्य चोकमा गुडिरहेको टाटा इन्डिका कारमा एक्कासी आगलागी भएको हो । कारमा पाँचजना सवार थिए ।

    सबै यात्रु सकुशल रहेको प्रहरीले जानकारी दिएको छ । कारमा विद्युत् सर्ट भएर आगो लागेको प्रारम्भिक अनुमान छ । कार पूर्ण रूपमा जलेर ध्वस्त भएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar