प्रधानमन्त्री बालेनले मोदीलाई के दिए उपहार ?

  • कालिका खवर
  • सोमवार, मंसिर ७, २०८३
  • काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाहले भारतीय समकक्षी नरेन्द्र मोदीलाई रुद्राक्ष र रातो मच्छिन्द्रनाथको मूर्तिसहितको उपहार दिएका छन् ।

    दिल्लीमा सोमबार भएको भेटवार्ताका क्रममा प्रधानमन्त्री शाहले कलात्मक काठको बट्टाभित्र राखिएको रुद्राक्ष र रातो मच्छिन्द्रनाथको मूर्ति मोदीलाई प्रदान गरेका हुन् । त्यसक्रममा मोदीले बालेनलाई विशेष घडामा गंगाजल उपहार प्रदान गरे । भेटका अवसरमा नेपाल र भारतका दुवै प्रधानमन्त्रीले एकअर्कालाई उपहार साटासाट गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar