पोखरा विश्वविद्यालय सुपरकप फुटबल हुने, विजेताले १ लाख १५ हजार पाउने

  • कालिका खवर
  • मङ्लबार, जेष्ठ १९, २०८३
  • ललितपुर (गोदावरी )–आगामी जेठ २९ गतेबाट पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ आयोजना हुने भएको छ ।
    पोखरा विश्वविद्यालय अन्तर्गत रहेको पोखरा विश्वविद्यालय फुटबल क्लब (पियूएफसी ) को आयोजनामा आगामी जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म प्रतियोगिता संचालन हुनेछ ।
    प्रति।योगिता कास्कीको लेखनाथ नगरपालिस्थित भण्डारढिक खेल मैदानमा सञ्चालन हुनेछ।
    प्रतियोगिताको विजेता टोलीले नगद रु. १ लाख १५ हजार, ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ ।
    यसैगरी उपविजेता टोलीले नगद रु. ७० हजार, ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ।
    नेपालभरका विश्वविद्यालयस्तरीय कलेजहरूलाई खेलकुदको माध्यमबाट जोड्ने तथा स्वस्थ प्रतिस्पर्धाको वातावरण सिर्जना गर्ने उद्देश्यले प्रतियोगिताको तेस्रो संस्करण आयोजना गरिएको आयोजकले जनाएको छ।
    त्यसैगरी प्रतियोगिताका उत्कृष्ट खेलाडीहरूलाई व्यक्तिगत पुरस्कार प्रदान गरिनेछः । जसअनुसार उत्कृष्ट खेलाडीले ३ हजार ३ सय ३३ रुपैयाँ पाउने छन् । यसैगरी प्रतियोगितामा उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट गोलकिपर , सर्वाधिक गोलकर्ता , उदयीमान खेलाडीलाई नगद २ हजार २ सय २२ रुपैयाँ सहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने आयोजक क्लबले जनाएको छ ।
    यसैगरी क्वार्टरफाइनलदेखि म्यान अफ द म्याच हुने हरेक खेलाडीलाई एक हजार नगदसहित ट्रफी र गिफ्ट ह्याम्पर दिइने छ ।
    नेपालभरका ब्याचलर्स तथा मास्टर्स तहका कक्षा सञ्चालन गरिरहेका कलेजहरूलाई खेलकुदको माध्यमबाट जोड्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको आयाजक क्लबले जनाएको छ । टाइ–सिट ड्र यही जेष्ठ २८ गते हुनेछ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar