यी हुन् मन्त्रिपरिषदका निर्णयहरू

  • कालिका खवर
  • मङ्लबार, जेष्ठ १९, २०८३
  • काठमाडौं । आज बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न चारवटा निर्णय गरेको छ । बैठकले भूमि समस्या समाधान समितिको अध्यक्षमा बलभद्र बास्कोटा (कास्की) लाई नियुक्त गरेको हो ।

    यी हुन् ४ निर्णय-

    १. ओजोन तह संरक्षण सम्झौता स्वीकृत : संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रम (यूएनईपी) अन्तर्गत ओजोन तहलाई हानी पुर्‍याउने पदार्थको व्यवस्थापन र न्यूनीकरणसम्बन्धी ‘मोन्ट्रियल प्रोटोकल’ कार्यान्वयन सम्झौतालाई बैठकले स्वीकृत गरेको छ। यो जलवायु परिवर्तनसँग सम्बन्धित सम्झौता हो।

    २. सशस्त्रको एआईजीमा बढुवा:  सशस्त्र प्रहरी बल नेपालको रिक्त सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा अञ्जनीकुमार पोखरेललाई बढुवा गर्ने निर्णय भएको छ। गृहमन्त्रालयको प्रस्तावमा यो निर्णय भएको हो।

    ३. अध्ययन समितिको म्याद थप : २०८२ साल भदौ २३ र २४ गते भएको प्रदर्शनका क्रममा सिर्जित घटनाबारे जाँचबुझ आयोगको प्रतिवेदनमा उल्लेखित सुरक्षा संयन्त्रको हकमा अध्ययन गरी सिफारिस गर्न गठित समितिको कार्यअवधि ४५ दिन थप गरिएको छ।

    ४. भूमि समितिमा नियुक्ति : भूमि समस्या समाधान समितिको अध्यक्षमा कास्कीका बलभद्र बास्कोटा तथा सदस्यहरूमा काठमाडौंका अमिरप्रसाद न्यौपाने, लमजुङका पद्मनिति सोती र काठमाडौंकी डा। रोहना श्रेष्ठलाई नियुक्त गर्ने निर्णय भएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar