गणतन्त्र दिवस समारोहलाई पनि प्रधानमन्त्रीले सम्बोधन नगर्ने

  • कालिका खवर
  • सोमवार, जेष्ठ ११, २०८३
  • काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साह (बालेन)ले यस वर्षको गणतन्त्र दिवस मूल समारोहलाई सम्बोधन नगर्ने भएका छन् ।

    १५ जेठमा सैनिक मञ्च टुँडिखेलमा आयोजना हुने विशेष समारोहलाई सम्बोधन गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले राष्ट्रपति रामचन्द्र पौडेललाई सिफारिस गरेको हो ।

    प्रधानमन्त्रीको कार्यालयले राष्ट्रपति कार्यालयमा पठाएको पत्रमा संविधानको धारा ६६ को उपधारा २ अनुसार गणतन्त्र दिवस समारोहलाई सम्बोधन गरिदिन राष्ट्रपति पौडेललाई अनुरोध गरिएको उल्लेख छ ।

    हरेक वर्ष गणतन्त्र दिवसका अवसरमा आयोजना हुने मूल समारोहमा प्रधानमन्त्रीले सम्बोधन गर्ने परम्परा रहँदै आएको छ । उक्त समारोहमा राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभा अध्यक्षलगायत उच्चपदस्थ व्यक्तिहरूको सहभागिता रहने गर्दछ ।

    हालै सरकारको नीति तथा कार्यक्रममा छलफलमा उठेका प्रश्नको जवाफ दिन पनि प्रधानमन्त्री साह गएका थिएनन् । उनले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई जवाफ दिन लगाएका थिए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar