एनआईसी एशिया बैंकका ग्राहकलाई काइरोप्राक्टिक तथा म्यानुअल थेरापी सेन्टरमा १० प्रतिशत छुट

  • कालिका खवर
  • आइतवार, मंसिर ७, २०८२
  • काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकहरूले काइरोप्राक्टिक र म्यानुअल थेरापी सेन्टरमा सेवा लिँदा विशेष छुट पाउने भएका छन्। यस सम्बन्धमा थेरापी सेन्टर र बैंकबीच सहकार्य सम्झौता सम्पन्न भएको छ।

    सम्झौता अनुसार, बैंकका ग्राहकहरूले बालुवाटार, त्रिपुरेश्वर (काठमाडौं) र बुटवलस्थित थेरापी सेन्टरका शाखाहरूमा सेवा लिएर डिजिटल भुक्तानी गर्दा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन्।

    यस सुविधा उपयोग गर्न बैंकका ग्राहकहरूले एनआईसी एशिया बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिपेड कार्ड अथवा मोबैंक एप प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ।

    बैंकले यस सहकार्यले ग्राहकहरूलाई स्वास्थ्य सेवा प्राप्त गर्न थप सहज हुने र देशभर डिजिटल भुक्तानी प्रवर्द्धन गरी नगदरहित कारोबार विकासमा योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar