एलआरआर मोटर्सद्वारा बुटवलमा जिली EX5 का लागि सोमार्जुन मोटर्स आधिकारिक डिलर नियुक्त

  • कालिका खवर
  • सोमवार, मंसिर १, २०८२
  • काठमाडौं । नेपालको लागि जिली EX5 विद्युत् सवारीसाधन आयातकर्ता एलआरआर मोटर्सले आफ्नो देशव्यापी डिलर नेटवर्क विस्तार योजनाअन्तर्गत बुटवलका लागि सोमार्जुन मोटर्सलाई आधिकारिक डिलरको रूपमा नियुक्त गरेको छ।

    बुटवल र आसपासका क्षेत्रमा जिली EX5 इभीहरू सहज रूपमा उपलब्ध गराउने उद्देश्यसहित आज आयोजना गरिएको विशेष समारोहमार्फत सोमार्जुन मोटर्सको नयाँ निर्मित शो-रूमको औपचारिक उद्घाटन गरिएको छ।

    एलआरआर मोटर्सले यस वर्षभित्र १४ डिलर नियुक्त गर्ने योजना सार्वजनिक गरेको छ, र बुटवल शो–रूमको उद्घाटन सो रणनीतिक योजनाको पहिलो महत्वपूर्ण चरण भएको कम्पनीले जनाएको छ।

    उद्घाटनकै अवसरमा सोमार्जुन मोटर्सले दुईवटा जिली EX5 Max मोडेलको बिक्री तथा हस्तान्तरण गरेको छ। पहिलो दिनमै दुई युनिट बिक्री भएकोले बुटवल क्षेत्रमा जिली ब्र्यान्डप्रतिको ग्राहक रुचि उच्च रहेको कम्पनीको दाबी छ।

    नयाँ शो–रूम पूर्ण रूपमा सञ्चालनमा आएसँगै बुटवल तथा आसपासका ग्राहकहरूले जिली EX5 Max र EX5 Pro मोडेलको बिक्री, बिक्री–पछिको सेवा र स्पेयर पार्ट्सको सहज पहुँच पाउनेछन्।

    सोमार्जुन मोटर्सका सीईओ अर्जुन भूषालले डिलरका रूपमा छनोट हुन पाउँदा खुशी व्यक्त गर्दै भने, “हामीले बुटवलका ग्राहकहरूलाई आधुनिक, विश्वस्त र सुरक्षित इभी विकल्प प्रदान गर्ने लक्ष्यसहित EX5 को वितरण सुरु गरेका हौँ। यसको गुणस्तर र प्राविधिक क्षमताले यसलाई क्षेत्रकै आकर्षक मोडेल बनाउने विश्वास छ।”

    उद्घाटन समारोहमा एलआरआर मोटर्सका निर्देशक जीवन जंग शाहीले सोमार्जुन मोटर्सजस्ता प्रतिबद्ध साझेदारले जिली ब्रान्ड विस्तारलाई मजबुत बनाउने बताए। “सोमार्जुनको स्थानीय विश्वसनीयता र ग्राहक–सेवाप्रतिको प्रतिबद्धताले पश्चिम क्षेत्रमा हाम्रो विस्तार अझ प्रभावकारी हुनेछ,” उनले भने।

    सोमार्जुन मोटर्सले अनुभवी प्राविधिक जनशक्ति तथा जिलीको अन्तर्राष्ट्रिय मापदण्डअनुसारको आधुनिक बिक्री–पछिको सेवा सुविधा उपलब्ध गराएको छ। अब बुटवलमा जिली EX5 उपलब्ध भएपछि ग्राहकहरूले गुणस्तरीय सेवा, स्पेयर पार्ट्स र उत्कृष्ट ग्राहक अनुभव प्रदान गरिने कम्पनीले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar