दराज एक्सप्रेसद्वारा नन–प्ल्याटफर्म ब्रान्ड र विक्रेताका लागि ‘लास्ट–माइल डेलिभरी सोलुशन’ सार्वजनिक

  • कालिका खवर
  • आइतवार, कार्तिक १६, २०८२
  • काठमाडौँ । दक्षिण एसियाकै अग्रणी ई–कमर्स प्लेटफर्म दराजको लजिस्टिक इकाई दराज एक्सप्रेस (DEX) ले नेपालभरका नन–प्ल्याटफर्म ब्रान्ड तथा विक्रेतालाई लक्षित गर्दै नयाँ सुविधा ‘लास्ट–माइल डेलिभरी सोलुशन’ सार्वजनिक गरेको छ। यस सेवामार्फत दराजको प्लेटफर्ममा नहुँदा पनि व्यवसायहरूले आफ्ना उत्पादनहरू छिटो, सुरक्षित र विश्वसनीय तरिकाले ग्राहकसम्म पुर्‍याउन सक्ने छन्।

    दराज एक्सप्रेसले नयाँ सेवाले बजारमा उपलब्ध अन्य डेलिभरी प्रदायकहरूले दिन नसकेको गति, पारदर्शिता र सन्तुष्टि सुनिश्चित गर्ने दाबी गरेको छ। एआई–आधारित रुट प्लानिङ र रियल–टाइम पार्सल ट्र्याकिङ प्रणाली लागू गरेसँगै, DEX ले स्थानीय डेलिभरी २४ घण्टाभित्र र अन्तरसहर ४८ घण्टाभित्र सक्ने क्षमता बनाएको कम्पनीले जनाएको छ। यसले औसत डेलिभरी समय १.५ दिनभन्दा कम हुन सहयोग पुगेको बताइएको छ।

    कम्पनीका अनुसार, DEX मार्फत अहिले ९० प्रतिशतभन्दा बढी सफलता दरका साथ सबै मूल्यका पार्सलहरूको सुरक्षित वितरण भैरहेको छ। उत्कृष्ट सेवा र ग्राहक अनुभवका कारण DEX ले ४.६/५ ग्राहक रेटिङ प्राप्त गरेको पनि उल्लेख गरिएको छ।
    हाल DEX ले नेपालका १०८ सहरमा सेवा दिइरहेको छ। आगामी ११.११ अभियानअघि थप ७० सहरमा सेवा विस्तार गर्ने लक्ष्य राखिएको छ। यससँगै देशभर छिटो र भरपर्दो ई–कमर्स सेवा विस्तार गर्ने रणनीति कम्पनीले लिएको छ।

    दराज एक्सप्रेसले विक्रेतालाई क्यासफ्लो सहज बनाउन हप्तामा धेरैपटक COD रकम सेटलमेन्ट उपलब्ध गराउने व्यवस्था गरेको छ। असफल डेलिभरीमा कुनै शुल्क नलाग्ने प्रावधानले व्यवसायीको जोखिम घटाउने र पुनःलगानी गर्ने वातावरण सहज बनाउने कम्पनीको दाबी छ।

    दराज ग्रुपका मुख्य लजिस्टिक अधिकृत अहमद तनवीरले दक्षिण एसियामा ‘लास्ट–माइल डेलिभरी’ प्रणालीमा क्रान्तिकारी परिवर्तन ल्याइरहेको दाबी गरे। उनले भने,
    “ठूला अनलाइन रिटेल व्यवसायी हुन् वा उदाउँदै गरेको साना विक्रेतासबैका लागि भरपर्दो र तथ्याङ्क–आधारित लजिस्टिक समाधान प्रदान गर्नु हाम्रो लक्ष्य हो। ग्राहक अनुभव सुदृढ गर्दै ई–कमर्स उद्योगमा दीगो वृद्धि ल्याउने हाम्रो उद्देश्य छ।”
    नयाँ सेवामार्फत नेपालभरका ब्रान्ड र विक्रेतालाई बजार पहुँच विस्तार, सजिलो व्यवसाय सञ्चालन र बलियो ई–कमर्स इकोसिस्टम निर्माणमा सहयोग पुग्ने विश्वास कम्पनीले लिएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar