बहुसंस्कृति र पर्वहरूले आपसी एकता सिकाएको छ : अध्यक्ष ओली

  • कालिका खवर
  • सोमवार, माघ ५, २०८२
  • काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सोनाम ल्होसार पर्वको अवसरमा शुभकामना व्यक्त गरेका छन् । उनले आज सामाजिक सञ्जालमार्फत तामाङ समुदायको यो प्रमुख पर्वले नेपाली समाजमा उज्यालो छरेको बताएका हुन् । तामाङ समुदायको नयाँ वर्षका रूपमा मनाइने यस दिनले राष्ट्रिय एकतालाई थप मजबुत बनाउने उनको विश्वास छ ।

    हिमालको काखमा जन्मिएको नेपालको बहुसंस्कृतिले धेरै मौलिक पर्वहरू उपहार दिएको चर्चा गर्दै अध्यक्ष ओलीले यस्ता सांस्कृतिक उत्सवले नै नेपालीहरूलाई आपसी एकतामा रहन सिकाएको उल्लेख गरे । उनले तामाङ समुदायको विशिष्ट जीवनदर्शन, समृद्ध भाषा, मौलिक वेषभूषा तथा नृत्य र सङ्गीतको सौन्दर्य नै सोनाम ल्होसार पर्वको मुख्य पहिचान भएको बताएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar