आजको मौसम : कर्णाली र सुदूरपश्चिमका केही स्थानमा वर्षाको सम्भावना

  • कालिका खवर
  • मङ्लबार, अशोज २७, २०८३
  • काठमाडौं । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    महाशाखाका अनुसार आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू–भागमा साधारणतया बादल लाग्नेछ । बाँकी हिमाली भू–भाग तथा देशको पहाडी भू–भागमा आंशिक बादल लाग्नेछ ।

    देशको तराई भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू–भागमा थोरै स्थानमा तथा देशका बाँकी हिमाली र पहाडी भू–भागका एकदुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    यस्तै, आज राति कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल लाग्नेछ । बाँकी हिमाली र पहाडी भू–भागमा आंशिक बादल लाग्ने छ । देशको तराई भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।

    कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू–भागमा थोरै स्थानमा मध्यमसम्मको र एकदुई स्थानमा भारी वर्षा/हिमपातको सम्भावना छ । गण्डकी र लुम्बिनी प्रदेशको हिमाली भू–भागमा एकदुई स्थानमा मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar