आईएमई लाइफ इन्स्योरेन्सले एएमएल/सीएफटी सम्बन्धी तालिम सम्पन्न

  • कालिका खवर
  • सोमवार, मंसिर ८, २०८२
  • काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले कम्पनीका सञ्चालक समिति अध्यक्ष, सदस्य, व्यवस्थापक तथा विभागीय प्रमुखहरूलाई सम्पत्ति शुद्धीकरण, आतंककारी गतिविधि तथा आम विनाशकारी हातहतियार निर्माण वा विस्तारमा हुने वित्तीय लगानी निवारण (AML/CFT) सम्बन्धी तालिम प्रदान गरेको छ।

    तालिममा सम्पत्ति शुद्धीकरण, आतंककारी कार्य तथा आम विनाशकारी हातहतियार निर्माण वा विस्तारमा हुने वित्तीय लगानी निवारणसम्बन्धी विद्यमान ऐन–नियम, नियमनकारी निकायले जारी गरेका निर्देशन तथा कानुनी प्रावधानहरूबारे विस्तृत जानकारी दिइयो।

    यसक्रममा हालै मात्र नियमनकारी निकायले जारी गरेको नयाँ एएमएल/सीएफटी सम्बन्धी कानुनी व्यवस्थाबारे पनि सहभागीहरूलाई अवगत गराइएको थियो।

    कार्यक्रममा बोल्दै सञ्चालक समितिका अध्यक्ष डा. रामहरि अर्यालले सम्पत्ति शुद्धीकरण निवारणमा व्यवस्थापन, विभागीय प्रमुख तथा सम्पूर्ण कर्मचारीको साझा जिम्मेवारी रहने उल्लेख गर्दै कानूनको पालनाले कम्पनीको आन्तरिक नियन्त्रण, सुशासन सबल बनाउन तथा ग्राहक–लगानीकर्ताको विश्वास वृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए।

    कार्यक्रमको समापन गर्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्काले सम्पूर्ण व्यवस्थापक, विभागीय प्रमुख तथा कर्मचारीलाई एएमएल/सीएफटी सम्बन्धी कानुनी प्रावधानहरू सचेत रूपमा पालना गर्न निर्देशन दिए।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar