ठमेल पर्यटन विकास परिषद्को नयाँ नेतृत्व चयन, अध्यक्षमा राजुमान डंगोल विजयी

  • कालिका खवर
  • आइतवार, असार २८, २०८३
  • काठमाडौं। ठमेल पर्यटन विकास परिषद्को नयाँ नेतृत्व चयन भएको छ। निर्वाचन समितिले सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार अध्यक्ष पदमा राजुमान डंगोल ७२८ मतसहित विजयी भएका छन्। उनले निकटतम प्रतिद्वन्द्वी प्रश्रय राजभण्डारीलाई ३६५ मतमा सीमित गर्दै फराकिलो मतान्तरले पराजित गरेका हुन्।

    प्रथम उपाध्यक्षमा राजिय पाण्डे ७५४ मतसहित विजयी भएका छन्। उनका प्रतिस्पर्धी श्रीकृष्ण थपलियाले ३१५ मत प्राप्त गरे। द्वितीय उपाध्यक्षमा दावाङ तामाङ ६८३ मतसहित निर्वाचित हुँदा प्रकाश श्रेष्ठले ३३५ मत प्राप्त गरे। तृतीय उपाध्यक्ष पदमा रमेश थापा निर्विरोध निर्वाचित भएका छन्।

    महासचिवमा पशुपति कँडेल ७२० मतसहित विजयी भए। उनका प्रतिद्वन्द्वी पुण्यराम लागेजुले ३३३ मत प्राप्त गरे। सचिव पदमा दिलिप कँडेल (मिलन) ६३६ मतसहित निर्वाचित हुँदा प्रकाश थपलिया ३९१ मतमा सीमित रहे। कोषाध्यक्षमा किन्चु लामु भुटिया (श्रेष्ठ) ७३३ मतसहित विजयी हुँदा रोशन अधिकारीले ३१६ मत प्राप्त गरे।

    सदस्य पदमा सुरेन्द्र डंगोल (६४८), बालकृष्ण खनाल (६४१), लिजा मानन्धर (६३५), सोमइ प्रसाद गुप्ता बाँनिया (६१४), विश्वमान प्रधान (६०६), कृष्णबहादुर सेढाई (६०४), चन्द्रा तामाङ (६००) र सानुकाजी महर्जन निर्वाचित भएका छन्।

    निर्वाचन अधिकृत हरिप्रसाद पंगेनीले मतगणना सम्पन्न भएपछि आधिकारिक रूपमा निर्वाचन परिणाम सार्वजनिक गरेका हुन्।

    नवनिर्वाचित कार्यसमितिले ठमेलको पर्यटन प्रवर्द्धन, पर्यटन व्यवसायीबीचको सहकार्य सुदृढीकरण तथा अन्तर्राष्ट्रिय पर्यटन बजारमा ठमेलको पहिचान अझ मजबुत बनाउने अपेक्षा व्यवसायीहरूले गरेका छन्। साथै, नयाँ नेतृत्वले पर्यटन पुनरुत्थान, पूर्वाधार सुधार तथा निजी क्षेत्रसँगको समन्वयलाई प्राथमिकतामा राख्दै आगामी कार्यकाल अघि बढाउने विश्वास व्यक्त गरिएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar