पूर्ण भक्त दाहालको अध्यक्षतामा नेपाली सेफ सोसाइटी गण्डकी प्रदेशको नयाँ कार्यसमिति गठन

  • कालिका खवर
  • सोमवार, जेष्ठ ११, २०८३
  • पोखरा । नेपाली खानाको मौलिकता, पाककला तथा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेशको ३८ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा गठन गरिएको छ। पोखरास्थित होटल म्याजेस्टिकमा आयोजित कार्यक्रममा पूर्ण भक्ता दाहालको अध्यक्षतामा नयाँ समिति चयन गरिएको हो।

    कार्यक्रममा , INCS UAE च्याप्टरका आबुधाबी क्षेत्रीय अध्यक्ष श्याम लाम्गाते लगायत गण्डकी प्रदेशका ११ वटै जिल्लाबाट नेपाली सेफहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले नेपाली खानाको मौलिकता संरक्षण र अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्न सामूहिक पहल आवश्यक रहेको बताएका थिए।

    नवनिर्वाचित कार्यसमितिले नेपाली खानालाई विश्व बजारमा परिचित गराउने, युवापुस्तालाई पाककला क्षेत्रमा आकर्षित गर्ने तथा सेफहरूको पेशागत क्षमता अभिवृद्धि गर्ने लक्ष्यसहित काम गर्ने जनाएको छ। साथै दक्षता विकास तालिम, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कुकरी प्रतियोगिता आयोजना तथा खाद्य संस्कृति संरक्षणका कार्यक्रमलाई प्राथमिकता दिइने बताइएको छ।

    समितिको अध्यक्षमा पूर्ण भक्त दाहाल, उपाध्यक्षमा गोबिन्द खनाल, सचिवमा राजेश सुनार र कोषाध्यक्षमा झम्क प्रसाद ढकाल चयन भएका छन्। त्यस्तै संरक्षक सल्लाहकारमा श्याम लाम्गाते, वरिष्ठ सल्लाहकारमा भगत श्रेष्ठ तथा सल्लाहकारमा तारा मगर र गोविन्द लामिछाने रहेका छन्।

    कार्यक्रममा बोल्दै INCS का केन्द्रीय अध्यक्ष अरुण अधिकारीले विश्वभर रहेका नेपाली सेफहरूलाई एकीकृत गर्दै नेपाली खानाको स्तर उन्नति र प्रचारप्रसारमा संस्था सक्रिय रूपमा अघि बढिरहेको बताए। उनले नवगठित गण्डकी प्रदेश कार्यसमितिलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar