पर्सा–१ बाट रास्वपाका हरि पन्तले गराए मनोनयन दर्ता

  • कालिका खवर
  • मङ्लबार, माघ ६, २०८२
  • वीरगंज — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता हरि पन्तले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पर्सा निर्वाचन क्षेत्र नम्बर १ बाट आफ्नो उम्मेदवारी दर्ता गराएका छन्।

    मंगलबार पन्तले सम्बन्धित निर्वाचन कार्यालयमा पुगेर मनोनयनपत्र दर्ता गरेका हुन्। उम्मेदवारी दर्तासँगै पर्सा–१ मा निर्वाचनको माहोल थप सक्रिय बन्दै गएको छ।

    यसैबीच निर्वाचन आयोगका अनुसार देशभरका १६५ वटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गर्ने प्रक्रिया जारी छ। आयोगले आज साँझ ५ बजेसम्म उम्मेदवारी दर्ता गर्न सकिने व्यवस्था गरेको छ।

    मनोनयन दर्ता सुरु भएसँगै विभिन्न दल तथा स्वतन्त्र उम्मेदवारहरू चुनावी प्रतिस्पर्धामा मैदानमा उत्रिन थालेका छन्, जसका कारण प्रतिस्पर्धी क्षेत्रहरूमा उम्मेदवारको संख्या बढ्दै गएको देखिएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar