एमालेले दियो सुनसरी–४ मा अबुल हुसेन अन्सारीलाई टिकट

  • कालिका खवर
  • सोमवार, माघ ५, २०८२
  • काठमाडौं । नेकपा एमालेले सुनसरी निर्वाचन क्षेत्र नं. ४ बाट अबुल हुसेन अन्सारीलाई उम्मेदवारको टिकट दिएको छ। अन्सारी हिजोमात्र एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट गर्दै औपचारिक रूपमा एमाले प्रवेश गरेका हुन्।

    एमाले प्रवेशसँगै पार्टीले अन्सारीलाई सुनसरी–४ को जिम्मेवारीसहित टिकट दिएको हो। पार्टी नेतृत्वले अन्सारीको सामाजिक सक्रियता, स्थानीय स्तरमा रहेको पकड र राजनीतिक अनुभवलाई ध्यानमा राख्दै उम्मेदवार बनाइएको जनाएको छ।
    एमाले प्रवेशपछि प्रतिक्रिया दिँदै अन्सारीले मुलुकको समृद्धि, स्थायित्व र विकासका लागि एमालेको नेतृत्व आवश्यक रहेको बताए। उनले भने, “केपी शर्मा ओलीको राष्ट्रवादी र विकासमुखी नेतृत्वबाट प्रभावित भएर एमालेमा प्रवेश गरेको हुँ। सुनसरी–४ का जनताको अपेक्षा पूरा गर्ने गरी इमान्दारीपूर्वक काम गर्ने प्रतिबद्धता व्यक्त गर्दछु।”

    अन्सारीले शिक्षा, स्वास्थ्य, रोजगारी र पूर्वाधार विकासलाई आफ्नो प्राथमिक एजेन्डा बनाउने उल्लेख गर्दै पार्टी र जनताको विश्वासलाई जित्ने गरी अघि बढ्ने बताएका छन्।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar