कांग्रेस विभाजनबारे केपी ओली : यो चिन्ता र दुःखद हो

  • कालिका खवर
  • शुक्रबार, माघ २, २०८२
  • काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको संविधान, सार्वभौम सत्ता र राष्ट्रिय स्वाधिनतामाथि आक्रमण नरोकिएको बताएका छन् ।  नेकपा एमाले राजधानी प्रदेश कमिटीले आयोजना गरेको निर्वाचन तयारी तथा कमिटी घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

    पछिल्लो समय धम्कीको भरमा निर्देशित भएर चल्नुपर्ने र अपराध कर्म ठिक हो भनेर हिँड्नुपर्ने अवस्था आएको ओलीको भनाइ छ । ‘न्याय निरूपण गर्ने निकायहरू त्रासमा बाचिरहेका छन् । त्रासबाट निर्देशित भएर निर्णय गर्नुपर्ने अवस्था छ । यति छर्लङ्ग हुँदाहुँदै पनि निर्वाचन आयोग बसिरहेको छ ।’

    उनले कानुन र न्यायसम्मत गर्ने भए स्पष्ट रहेको कांग्रेसको विवादबारे भने,  ‘नेपाली कांग्रेसको विशेष महाधिवेशन किन भएन । कसले बोलाउने भन्ने पनि थिति होला, बहुमत अल्पमत कायम गर्ने पनि थिति होला ।’ उनले कांग्रेस विभाजनको स्थितिमा पुग्नु दुःखद र चिन्ता भएको भन्दै नेताहरूले नै जानी बुझी किन यसो गरिरहेका छन् भनेर आश्चर्यचकित भएको बताए ।

    ‘यस्तो बेलामा जतिबेला संविधान कुल्चिएको छ, मिचिएको छ । प्रणाली घायल बनाइएको छ । त्यसका निम्ति लड्नुपर्ने कांग्रेस अनावश्यक पार्टी फुटाउनतिर लागेको छ’, उनले कसले र किन यस्तो भइरहेको छ भन्दै एमाले नेता कार्यकर्ताहरूले अहिले देश र डेमोक्रेसीका लागि लड्ने बेला भएको बताए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar