प्रचण्ड र माधव नेपालले नेकपाको शपथ लिए

  • कालिका खवर
  • मङ्लबार, पुस २९, २०८२
  • काठमाडौँ : नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहसंयोजक माधवकुमार नेपालले शपथ लिएका छन् । जेष्ठ सदस्य नन्दकुमार प्रसाईँसँग उनीहरूले शपथ लिएका हुन् । उनीहरूले पार्टीको मार्गदर्शक सिद्धान्त, कार्यक्रम र नीतिलाई दृढताका साथ अनुसरण गर्ने प्रतिज्ञा गरेका छन् ।

    जस अन्तर्गत पार्टी एकता जोगाउने, स्वच्छ एवं नैतिक आचरणयुक्त जीवन बिताउने लगायतका विषय छन् । सबैखाले प्रतिक्रियावादी शक्ति, गलत बिचार र गलत व्यवहारका विरुद्ध दृढतापूवर्एक जुद्धिरहने प्रतिज्ञा समेत गरेका छन् ।

    तत्कालीन नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायतका दलहरू मिलेर नेपाली कम्युनिस्ट पार्टी बनेको छ । नवगठित पार्टीको केन्द्रीय सदस्यहरूले आज पद तथा गोपनीयताको शपथ लिँदैछन् ।

    शपथपछि जेष्ठ सदस्य प्रसाईँले संयोजक प्रचण्ड र सहसंयोजक माधवकुमार नेपाललाई परिचयपत्र समेत हस्तान्तरण गरेका छन् । अब उनीहरूले अन्य केन्द्रीय सदस्यहरूलाई शपथ गराउनेछन् । २४९९ केन्द्रीय सदस्यलाई शपथ खुवाउने तयारी छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar