संस्थापन प्यानललाई विजयी गराउन मैदानमा उत्रिए प्रदीप ज्ञवाली

  • कालिका खवर
  • मङ्लबार, पुस १, २०८२
  • काठमाडौँ । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली महासचिवमा नसमेटिएपछि असन्तुष्ट बनेको चर्चा चलिरहेकै बेला पार्टी संस्थापन पक्षको समर्थनमा खुलेर मैदानमा उत्रिएका छन् ।

    महाधिवेशन मतदान स्थलमा पुगेका ज्ञवालीले महासचिव शंकर पोखरेलसँगै प्रतिनिधिहरूसँग भेटघाट गर्दै केपी शर्मा ओली नेतृत्वको प्यानलका पक्षमा मत माग्न थालेका हुन् ।

    उपाध्यक्ष पद अस्वीकार गर्दै केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका ज्ञवालीले केपी शर्मा ओली नेतृत्वको टिम विजयी भए मात्र एमाले थप सुदृढ, एकताबद्ध र प्रभावकारी बन्ने धारणा राख्दै प्रतिनिधिहरुलाई सिङ्गो प्यानलमा मतदान गर्न आग्रह गरेका छन् ।

    पार्टीभित्र देखिएका मतभेद र असहमतिको चर्चा बीच ज्ञवालीको सक्रियता संस्थापन पक्षका लागि राजनीतिक रूपमा अर्थपूर्ण मानिएको छ ।

    प्रतिनिधिहरूसँगको संवादमा ज्ञवालीले व्यक्तिगत असन्तुष्टि भन्दा पार्टी हित ठूलो हुने स्पष्ट सन्देश दिएका छन् । “मेरा केही असहमति थिए, तर मभन्दा माथि पार्टी हो,” ज्ञवालीले भनेका छन्, “पार्टीलाई बलियो बनाउन म केपी ओली र शंकर पोखरेलसँगै छु ।”

    महाधिवेशनको निर्णायक घडीमा ज्ञवालीजस्ता प्रभावशाली नेताको सक्रिय समर्थनले ओली नेतृत्वको प्यानलको प्रचार अभियानलाई थप ऊर्जा दिएको र संस्थापन पक्षको एकताको सन्देश बलियो बनेको देखिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar