सुनको भाउ बढ्यो, चाँदी इतिहासकै उच्च

  • कालिका खवर
  • बुधबार, मंसिर २४, २०८२
  • काठमाडौँ ।  आज बुधबार सुनको भाउ बढेको छ । मंगलबार प्रतितोला २ लाख ५१ हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा २ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ५२ हजार १ सय रुपैयाँ पुगेको छ ।

    आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख १६ हजार १३५ रुपैयाँ तोकिएको छ ।

    आज चाँदीको भाउ पनि आज तोलामा एकैपटक १५० रुपैयाँले बढेर प्रतितोला ३ हजार ७ सय ५० रुपैयाँ रुपैयाँ पुगेको छ । आज १० ग्राम चाँदीको भाउ ३ हजार २ सय १५ रुपैयाँ तोकिएको छ । नेपाली बजारमा तोकिएको चाँदीको भाउ हालसम्मकै उच्च हो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar