माछापुच्छ्रे एसआईपी योजनाको इकाइ खरिदको आज अन्तिम दिन

  • कालिका खवर
  • बुधबार, मंसिर १७, २०८२
  • काठमाडौं । एमबीएल सामूहिक लगानी कोषअन्तर्गत सञ्चालन हुने ‘माछापुच्छ्रे एसआईपी योजना’को इकाइ खरिदको आज अन्तिम दिन रहेको छ । यस योजनामा आवेदन दिन चाहने लगानीकर्ताले आज कार्यालय समयभित्र आवेदन दिन सक्नेछन् ।

    माछापुच्छ्रे बैंक कोष प्रवर्धक र माछापुच्छ्रे क्यापिटल योजना व्यवस्थापक रहेको यो योजनाको इकाइ बिक्री आवेदन गत मंसिर १४ गतेदेखि खुला गरिएको थियो । यस योजनामा कुल ५ करोड इकाइ निष्कासन गरिएको हो, जसमा प्रथम चरणमा २ करोड इकाइको बिक्रीको लागि आवेदन खुला गरिएको छ ।

    कोष प्रवर्धक र योजना व्यवस्थापकका लागि १५ प्रतिशत अर्थात् ७५ लाख इकाइ छुट्टाइएको छ, जसमा १४ प्रतिशत अर्थात् ७० लाख इकाइ माछापुच्छ्रे बैंक र १ प्रतिशत अर्थात् ५ लाख इकाइ माछापुच्छ्रे क्यापिटललाई सुरक्षित राखिएको छ । यस योजनामा लगानीकर्ताले न्यूनतम १०० कित्ता र अधिकतम २० लाख इकाइका लागि आवेदन दिन सक्नेछन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar