एनएमबि बैंक ‘एक्सिलेन्स इन कमर्सियल कार्ड बिजनेस’ अवार्डबाट सम्मानित

  • कालिका खवर
  • बिहिबार, मंसिर ११, २०८२
  • काठमाडौँ । एनएमबि बैंकले भिसा इन्टरनेशनलद्वारा हालै आयोजित “लिडरशिप कन्क्लेभ नेपाल २०२५” सम्मेलनमा “एक्सिलेन्स इन कमर्सियल कार्ड बिजनेस” अवार्ड प्राप्त गरेको छ।

    यो सम्मान बैंकले व्यावसायिक कार्ड क्षेत्रमा गरेको उत्कृष्ट प्रदर्शन तथा देशमा डिजिटल भुक्तानी प्रवर्द्धनमा पुर्‍याएको महत्वपूर्ण योगदानका आधारमा प्रदान गरिएको हो।

    एनएमबि बैंकले हाल देशभर २०२ शाखा, १८४ एटिएम र ९ एक्सटेन्सन काउन्टरमार्फत ग्राहकलाई उच्चस्तरीय सेवा उपलब्ध गराउँदै डिजिटल बैंकिङ क्षेत्रलाई निरन्तर मजबुत बनाउँदै आएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar