गरिमा विकास बैंकले बृहत रक्तदान र विभिन्न सामाजिक कार्यक्रमसहित मनायो १९ औँ वार्षिकोत्सव

  • कालिका खवर
  • आइतवार, मंसिर ७, २०८२
  • काठमाडौं। प्रत्येक वर्ष वार्षिकोत्सवको अवसरमा बृहत रक्तदान तथा विभिन्न सामाजिक उत्तरदायित्वमूलक कार्यक्रम सञ्चालन गर्दै आएको गरिमा विकास बैंक लिमिटेडले यस वर्ष पनि आफ्नो उन्नाइसौँ वार्षिकोत्सव भव्य रूपमा मनाएको छ।

    मंसिर ७ गते देशका ८ स्थानमा बृहत रक्तदान कार्यक्रम र १९ स्थानमा सीएसआर कार्यक्रम सम्पन्न गरिएको बैंकले जनाएको छ।

    ८ स्थानमा रक्तदान, ६०२ युनिट रगत संकलन

    बैंकले सुनसरीको इटहरी, पर्साको बीरगञ्ज, चितवनको नारायणगढ, काठमाडौंको बालुवाटार, कास्कीको पोखरा, म्याग्दीको बेनी, रुपन्देहीको बुटवल र बाँकेको कोहलपुरमा रक्तदान कार्यक्रम आयोजना गरेको थियो।
    यी कार्यक्रममार्फत कुल ६०२ युनिट रगत संकलन गरिएको बैंकले बताएको छ।

    १६ विद्यालयमा सामग्री हस्तान्तरणसहित १९ सामाजिक कार्यक्रम

    वार्षिकोत्सवको अवसरमा बैंकले आज देशभरका १६ विद्यालयमा शैक्षिक सामग्री, विद्यालय पोशाक, पानी फिल्टर मेसिन लगायत सामग्री वितरण गरेको छ।
    त्यसैगरी—

    • **श्री निस्कोट स्वास्थ्य चौकी (म्याग्दी)**लाई सरसफाइ सामग्री,

    • **मातातिर्थ वृद्धाश्रम समिति (चन्द्रागिरी, काठमाडौं)**लाई खाद्यान्न,

    • **सत्य साई राष्ट्रिय परिषद् नेपाल (चितवन)**लाई वाटर डिस्पेन्सर
      हस्तान्तरण गरिएको छ।

    गरिमा रोड रेस–२०८२ सफल

    “स्वस्थ जीवनशैलीका लागि खेलकुद” भन्ने नारासहित बैंकले मंसिर ६ गते दोस्रो संस्करणको गरिमा रोड रेस २०८२ सम्पन्न गरेको छ।
    यस दौड प्रतियोगितामा १,००० भन्दा बढी धावकहरूको सहभागिता रहेको थियो।

    बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गतका यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिँदै जाने र गरिमा रोड रेसलाई हरेक वर्ष आयोजना गर्ने लक्ष्य राखेको जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar