इमर्जिङ नेपालका सञ्चालकमा रक्षा भेटुवाल नियुक्त

  • कालिका खवर
  • बुधबार, मंसिर ३, २०८२
  • काठमाडौं । इमर्जिङ नेपाल लिमिटेडको सञ्चालक पदमा रक्षा भेटुवाल नियुक्त भएकी छन्। कम्पनीको मंसिर २ गते बसेको सञ्चालक समिति–को १०३ औँ बैठकले संस्थापक सेयरधनी चन्द्र टण्डनको राजीनामापछि रिक्त रहेको पदमा नयाँ नियुक्ति गरेको हो।

    सञ्चालक समितिले संस्थापक शेयरधनी प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनी प्रालिको तर्फबाट प्रतिनिधित्व गर्दै भेटुवाललाई सञ्चालक पदमा मनोनयन गरेको कम्पनीले जानकारी दिएको छ।

    नयाँ सञ्चालक भेटुवालले अब कम्पनीको नीतिगत तथा रणनीतिक निर्णय प्रक्रियामा सक्रिय भूमिका निर्वाह गर्ने अपेक्षा कम्पनीले व्यक्त गरेको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar