नेपाली बजारमा मोर्बिडेली मोटरसाइकलप्रति बढ्दो आकर्षण, बल्क डेलिभरी सुरु

  • कालिका खवर
  • शुक्रबार, साउन १५, २०८३
  • काठमाडौं । इटालियन प्रिमियम मोटरसाइकल ब्रान्ड मोर्बिडेली (Morbidelli) ले नेपाली बजारमा ग्राहकहरूको उल्लेखनीय उत्साह र विश्वास प्राप्त गर्दै आफ्नो मोटरसाइकलको बल्क डेलिभरी सुरु गरेको छ।

    नेपालमा मोर्बिडेलीको आधिकारिक वितरकले ग्राहकहरूबाट प्राप्त सकारात्मक प्रतिक्रिया र बढ्दो मागलाई मध्यनजर गर्दै पहिलो चरणको बल्क डेलिभरी सुरु गरिएको जनाएको छ। कम्पनीका अनुसार छोटो अवधिमै मोर्बिडेलीले प्रिमियम मोटरसाइकल सेग्मेन्टमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको छ।

    कम्पनीले ग्राहकहरूले मोर्बिडेलीको आकर्षक डिजाइन, उत्कृष्ट इन्जिन प्रदर्शन, आधुनिक सुरक्षा प्रविधि तथा आरामदायी राइडिङ अनुभवको उच्च प्रशंसा गरिरहेको जनाएको छ। यही सकारात्मक प्रतिक्रियाले नेपाली बजारमा मोर्बिडेलीप्रतिको विश्वास थप मजबुत बन्दै गएको कम्पनीको विश्वास छ।

    यसैबीच, मोर्बिडेली नेपाल ले आगामी NAIMA Auto Show 2026 मा बहुप्रतीक्षित Morbidelli T250X सार्वजनिक गर्ने तयारी गरिरहेको छ। एड्भेन्चर तथा टुरिङ रुचाउने मोटरसाइकल पारखीहरूलाई लक्षित गरी ल्याइने यो नयाँ मोडलले आकर्षक डिजाइन, शक्तिशाली प्रदर्शन र आधुनिक प्रविधिका साथ नेपाली बजारमा नयाँ उत्साह सिर्जना गर्ने अपेक्षा गरिएको छ।

    कम्पनीले आगामी दिनमा पनि विश्वस्तरीय उत्पादन, गुणस्तरीय बिक्रीपछिको सेवा तथा उत्कृष्ट ग्राहक अनुभव प्रदान गर्दै नेपाली मोटरसाइकल बजारमा आफ्नो उपस्थितिलाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar