अन्तिम दिन सेयर बजारमा देखियो सुधार

  • कालिका खवर
  • शुक्रबार, साउन १५, २०८३
  • काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज सुधार देखिएको छ ।  साताको कारोबारको अन्तिम दिन शुक्रबार बजारमा सामान्य वृद्धि भएको हो । आज बजारमा १२.९६ अंकको वृद्धि देखिए तापनि समग्र साताभरको कारोबारमा भने बजार ओरालो लागेको छ ।

    गत साता २७३४.६० को विन्दुमा बन्द भएको नेप्से परिसूचक यो साताको अन्तिम दिनसम्म आइपुग्दा २६८५.५४ अंकमा सीमित भएको छ । यसरी हेर्दा एक सातामा नेप्सेमा करिब ४९ अंकको गिरावट देखिएको छ । साताको पहिलो चार कारोबार दिन अर्थात् सोमबारदेखि बिहीबारसम्म लगातार घटेको बजारले अन्तिम दिन भने केही राहत दिएको हो ।

    तथ्याङ्क अनुसार अन्तिम कारोबार दिन नेप्से परिसूचक १२.९६ अंकले बढेर २६८५.५४ विन्दुमा बन्द भएको छ । आज कुल १८० कम्पनीको सेयर मूल्य बढ्दा ८२ कम्पनीको मूल्य घटेको छ भने १३ कम्पनीको मूल्य स्थिर रह्यो ।

    आज बजारमा कुल ३ अर्ब ७५ करोड ९७ लाख २२ हजार ३४० रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । दिनभरिमा ८८ लाख ५१ हजार कित्ता सेयर किनबेच भएका छन् ।

    आज एभरेष्ट कलर लिमिटेडको सेयर मूल्यमा सर्वाधिक १४.९९ प्रतिशतको वृद्धि देखिएको छ । लक्ष्मी भ्यालु फण्डका लगानीकर्ताले ८ प्रतिशत नाफा कमाएका छन् ।

    कारोबार रकमका आधारमा रिडी हाइड्रोपावर १७ करोड २६ लाख रुपैयाँसहित अग्रस्थानमा रहेको छ । त्यस्तै ग्लोबल आईएमई बैंक को १५ करोड ३२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar