सर्वोत्तम सिमेन्टको सातौँ वार्षिक साधारण सभा मंसिर २६ मा, २० प्रतिशत लाभांश प्रस्ताव

  • कालिका खवर
  • बुधबार, मंसिर ३, २०८२
  • काठमाडाैं । सर्वोत्तम सिमेन्ट लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण गर्न सातौँ वार्षिक साधारण सभा बोलाएको छ। कम्पनीले मंसिर २६ गते साधारण सभा आह्वान गरेको हो। सभा भैरहवास्थित होटल सिद्धार्थ भिलासामा बिहान ११ बजेबाट सुरु हुनेछ।

    २० प्रतिशत लाभांश प्रस्ताव

    कम्पनीले चालु चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थसहित १५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव साधारण सभाबाट पारित गराउनेछ।

    अन्य प्रस्तावहरू

    सभाले निम्न प्रस्तावहरू समेत पारित गर्नेछ—

    • प्रबन्धपत्र तथा नियमावली संशोधनका लागि सञ्चालक समितिलाई अधिकार दिने

    • नयाँ लेखापरीक्षक नियुक्त गर्ने

    • आवश्यक अन्य कार्यविधि पारित गर्ने

    बुकक्लोज मंसिर १२

    लाभांश र साधारण सभा प्रयोजनार्थ कम्पनीले मंसिर १२ गते एक दिनका लागि बुकक्लोज गर्नेछ। यस अनुसार, मंसिर ११ गतेसम्म नेप्सेमा कारोबार भई नाम दर्ता भएका शेयरधनीहरू साधारण सभामा सहभागी हुन र प्रस्तावित लाभांश प्राप्त गर्न योग्य हुनेछन्।

    सर्वोत्तम सिमेन्टले निरन्तर उत्पादन र बजार विस्तारसँगै शेयरधनी लाभांश वितरण पनि नियमित रूपमा गर्दै आएको बताइएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar