नबिल बैंकले अपोइन्टमेन्ट बैंकिङ सेवा १३ शाखामा विस्तार गर्यो

  • कालिका खवर
  • बुधबार, मंसिर ३, २०८२
  • काठमाडौँ । नबिल बैंक लिमिटेडले आफ्ना सेवालाई अझ स्मार्ट, छरितो र ग्राहकमैत्री बनाउन उद्देश्यसहित अपोइन्टमेन्ट बैंकिङ सेवा राजधानीका विभिन्न शाखामा विस्तार गरेको छ। यसअघि बैंकको तीनधारास्थित केन्द्रीय कार्यालयमै सीमित यो सेवा अब काठमाडौँ उपत्यकाका १३ शाखामा उपलब्ध हुने बैंकले जनाएको छ।

    बैंकका अनुसार अपोइन्टमेन्ट बैंकिङ सेवाले व्यस्त पेशाकर्मी, व्यवसायी तथा समय अभाव भएका ग्राहकलाई आफ्नो अनुकूल समयमा छिटो सेवा लिन मद्दत गर्नेछ। यो विस्तारले बैंकिङ सेवा प्रवाहलाई डिजिटल र प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका खेल्ने बैंकको भनाइ छ।

    नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीले सेवा विस्तारसँगै ग्राहक–बैंक सम्बन्ध अझ मजबुत हुने विश्वास व्यक्त गरे। “नबिल बैंक ग्राहकलाई सहज र नविनतम सेवा प्रदान गर्न प्रतिबद्ध छ। अपोइन्टमेन्ट बैंकिङ सेवाले ग्राहकलाई झन्झटमुक्त र द्रुत सेवा उपलब्ध गराउनेछ,” उनले भने।

    १३ शाखामा सेवा उपलब्ध

    बैंकले हाल अपोइन्टमेन्ट बैंकिङ सेवा निम्न शाखाहरूमा उपलब्ध हुने जनाएको छः
    कौशलटार, बौद्ध, नयाँ बानेश्वर, मैतिदेवी, काँडाघारी, बिजुली बजार, तीनधारा, ललितपुर, घण्टाघर, कुमारीपाटी, महाराजगञ्ज, न्यूरोड र त्रिपुरेश्वर।

    अपोइन्टमेन्ट बैंकिङका सुविधाहरू

    • ग्राहकले नगद तथा चेक कारोबार लाइनमा नबसिकन छिटो र व्यवस्थित रूपमा गर्न पाउने।

    • डिजिटल प्रविधिको अधिकतम प्रयोगमार्फत सेवा प्रवाह अझ छरितो र प्रभावकारी।

    • ग्राहकले नबिल बैंकको वेबसाइट वा एनबैंक एप मार्फत सजिलै अपोइन्टमेन्ट लिन सक्ने सुविधा।

    देशभर २६८ शाखा र ३२१ एटिएममार्फत २५ लाखभन्दा बढी ग्राहकलाई सेवा दिँदै आएको नबिल बैंक नेपाली बैंकिङ क्षेत्रमा विगत चार दशकदेखि नवीनतम सेवामा अग्रणी भूमिकामा रहँदै आएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar