एनआईसी एशिया बैंकमा प्रमुख सूचना अधिकारी र प्रमुख गुनासो अधिकारीको नयाँ नियुक्ति

  • कालिका खवर
  • बुधबार, मंसिर ३, २०८२
  • कठमाडौं । एनआईसी एशिया बैंकले प्रमुख सूचना अधिकारी (CIO) र प्रमुख गुनासो अधिकारी पदमा नयाँ नियुक्ति गरेको छ।

    बैंकका अनुसार सहायक प्रमुख कार्यकारी अधिकृत जयन्द्र रावललाई प्रमुख सूचना अधिकारीमा नियुक्त गरिएको छ। त्यस्तै, प्रमुख सञ्चालन अधिकृत तथा कम्पनी सचिव कमल खड्कालाई प्रमुख गुनासो अधिकारीको जिम्मेवारी दिइएको छ।

    दुवै नियुक्ति आजैबाट लागू हुने बैंकले जनाएको छ।

    बैंकले सूचना–प्रकाशन, आधिकारिक जानकारी तथा बैंकिङ्ग सेवासम्बन्धी कुनै पनि गुनासो वा सुझावका लागि नव–नियुक्त अधिकारीहरूसँग सम्पर्क गर्न आग्रह गरेको छ।

    प्रमुख गुनासो अधिकारी खड्कासँग ९८५१२३१३३२ वा ०१–५९७०१०१ मा तथा प्रमुख सूचना अधिकारी रावलसँग ९८०१९७७९३६ वा कार्यालय नम्बर ०१–५९७०१०१ मा सम्पर्क गर्न सकिने बैंकले जानकारी दिएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar