ङादी ग्रुप पावरको लाभांश घोषणा, साधारण सभा आह्वान

  • कालिका खवर
  • बुधबार, मंसिर ३, २०८२
  • काठमाडौँ । ङादी ग्रुप पावर लिमिटेडले शेयरधनीहरूलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको मङ्सिर २ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

    प्रस्तावित लाभांश विवरण

    कम्पनीले आ.व. २०८१/८२ को मुनाफाबाट शेयरधनीहरूलाई निम्नअनुसारको कुल ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ:

    बोनस शेयर: ४.७५ प्रतिशत (कम्पनीको हालको चुक्ता पुँजीको)

    नगद लाभांश: ०.२५ प्रतिशत (कर प्रयोजनका लागि)

    कम्पनीको आगामी साधारण सभाले यो प्रस्ताव पारित गरेपछि मात्र उक्त लाभांश लगानीकर्ताहरूमा वितरण हुनेछ।

    साधारण सभा र बुक क्लोज मिति

    कम्पनीले प्रस्तावित लाभांश पारित गर्न र अन्य एजेन्डाहरूमाथि छलफल गर्न मङ्सिर २५ गते साधारण सभा आह्वान गरेको छ।साधारण सभा मिति: मङ्सिर २५ गते

    बुक क्लोज मिति: मङ्सिर १४ गते

    साधारण सभामा भाग लिन र प्रस्तावित लाभांश प्राप्त गर्नका लागि मङ्सिर १३ गतेसम्म कायम शेयरधनीहरू मात्र योग्य हुनेछन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar