‘सिटोफेन’ औषधि बजारबाट फिर्ता गर्न निर्देशन, गुणस्तरहिन ठहर

  • कालिका खवर
  • बिहिबार, कार्तिक २७, २०८२
  • काठमाडौँ । औषधी व्यवस्था विभागले ‘सिटोफेन’ नामक औषधि बजारबाट फिर्ता गर्न उत्पादन कम्पनीलाई निर्देशन दिएको छ । विभागले उक्त औषधिमा मापदण्ड अनुसारको मात्रा नपाइएको र गुणस्तरहिन भएको निष्कर्ष निकालेको हो ।

    विभागका अनुसार लोमश फर्मास्युटिकल्सले उत्पादन गरेको ब्याच नम्बर ‘सीटी–११२३’ को सिटोफेन औषधि परीक्षण गर्दा गुणस्तर नपुगेको पाइएको हो । राष्ट्रिय औषधि प्रयोगशालामा गरिएको ‘डिसइन्ट्रिगेशन टेस्ट’का नतिजा अनुसार औषधि न्यून गुणस्तरको पाइएको विभागले जनाएको छ ।

    सन् २०२३ को अप्रिल (२०७९ चैत) मा उत्पादन गरिएको यो औषधिको म्याद आगामी फागुनमा सकिँदै छ । म्याद समाप्त हुन चार महिना बाँकी रहँदै विभागले औषधि फिर्ता गर्न निर्देशन दिएको हो । यसबारे जानकारहरूले औषधि उत्पादन भएको करिब ३०–३१ महिना पछि मात्र फिर्ता निर्देशन दिनु विभागको कार्यप्रणालीप्रति प्रश्न उठाएको टिप्पणी गरेका छन् ।

    विभागले सम्बन्धित कम्पनीलाई ‘उक्त ब्याच नम्बरका सबै औषधि विक्री–वितरण रोक्का गरी तुरुन्त बजारबाट फिर्ता गर्न र सोको विवरण विभागमा पेश गर्न’ निर्देशन दिएको छ । साथै, सो औषधिको सिफारिस, विक्री–वितरण तथा प्रयोग नगर्न र नगराउन समेत अनुरोध गरेको छ ।

    उक्त औषधि उत्पादन गर्ने लोमश फर्मास्युटिकल्स कम्पनीका मालिक नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष प्रदीपजङ्ग पाण्डे रहेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar