बिछोडको दिनको घाउमा मलम लगाएको जस्तो महसुस भएको छ : भीम रावल

  • कालिका खवर
  • बुधबार, कार्तिक २६, २०८२
  • काठमाडौँ । मातृभूमि जागरण अभियानका संयोजक डा. भीम रावलले नेपाली कम्युनिस्ट पार्टी (नेकपा)सँगको पुनर्मिलनले विगतमा बिछोडको दिनको आलो घाउमा मलम लगाएको महसुस भएको बताएका छन् ।

    नेकपाको केन्द्रीय कार्यालय पेरिसडाँडामा बुधबार पार्टी एकता हस्ताक्षर सहमति पत्रमा हस्ताक्षर कार्यक्रममा बोल्दै उनले विगतमा नेकपा विभाजन भएको अवस्थाको स्मरण गरेका हुन् ।

    २०७७ सालमा तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर बनेको नेकपा विभाजन हुँदा प्रचण्ड, माधव नेपाल सहितको अन्तिम बैठक पेरिसडाँडामै बसेको थियो ।

    सोही दिनको स्मरण गर्दै रावलले भने, ‘जुनबेला कम्युनिस्ट पार्टीलाई प्रतिक्रियावादीहरू र कम्युनिस्ट पार्टीलाई विकृत गरेर आफ्नो निहित स्वार्थ पूरा गर्नेबाट विभाजन गरेर यही ठाउँबाट छुटिएर गएको थियो ।

    आज फर्किएर यहाँ बस्नुभएको नेता कमरेडहरू बिच उभिएर कुरा राख्न पाउँदा त्यो बिछोडको दिनको आलो घाउमा मलम लगाएको जस्तो महसुस भएको छ । पार्टी एकता सम्बन्धी ७ बुँदे सहमति गरेका रावलले अहिले केही बेरमा एकता घोषणा कार्यक्रम हुँदैछ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar