भोलि भृकुटीमण्डपमा ९ पार्टीबिच एकता घोषणा

  • कालिका खवर
  • मङ्लबार, कार्तिक १८, २०८२
  • काठमाडौँ : नेकपा माओवादी केन्द्रसहितका ९ वटा पार्टीको एकता घोषणा बुधवार बिहान ११ बजे हुने भएको छ । माओवादी केन्द्रका नेता अग्नि सापकोटाले एकताका लागि यसअघि सहमति पत्रमा हस्ताक्षर गरेका पार्टीबिच काठमाडौँको भृकुटीमण्डपमा एकता घोषणा हुने बताएका हुन् ।

    साथै उनले एकीकृत पार्टीको नाम नेपाली कम्युनिस्ट पार्टी रहने समेत बताए । एकीकृत पार्टीले जनताको चाहाना अनुसार काम गर्ने र सोही अनुसारको नीति कार्यक्रम बनाउने दाबी गरे ।

    ‘अहिलेसम्मका उतारचढाव, घुम्ती र मोड पार गर्दै अव देश सम्मृद्धिमा जाने हामीले विश्वास गरेका छौँ’, मंगलबार बसेको माओवादी केन्द्रको अन्तिम बैठकपछि सापकोटाले सञ्चारकर्मीलाई प्रतिक्रिया दिए ।

    उनले तत्काललाई माओवाद सिद्धान्त छाडेपनि माओका योगदानका सवालमा सजीव छलफल गरेर पुनर्स्थापित पनि हुन सक्ने समेत बताए । ‘बृहत् सजीव छलफल गरेर माओवाद पुनर्स्थापित पनि हुनसक्छ । तर अहिले एकता गर्नैपर्ने भएकाले मात्र हो’, सापकोटाको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar