काठमाडौँको एयरपोर्ट जतिसुकै बनाए पनि परिणाम दिँदैन : मन्त्री किराती

  • कालिका खवर
  • शुक्रबार, पुस १३, २०८०
  • काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल जतिसुकै ठुलो बनाए पनि त्यसले परिणाम दिन नसक्ने बताएका छन् ।

    शुक्रवार प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठकमा नेपालका विमानस्थलको अवस्थाबारे जानकारी दिँदै यस्तो बताएका हुन् ।

    ‘अब काठमाडौँको एयरपोर्ट बनाउनु र ९० वर्षकी आमालाई लिपिस्टिक पाउडर लगाएर राम्री बनाउनु उस्तै उस्तै हो’, मन्त्री किरातीले भने, ‘त्यसकारण यसको विकल्प हामीले खोज्नै पर्छ । र यसको विकल्प भनेको निजगढ विमानस्थल नै हो ।’
    उनले निजगढ विमानस्थल कसरी अघि बढाउने भन्ने विषयमा पहिलादेखि नै छलफल हुँदै आए पनि बिचमा अदालतको आदेशका कारण स्थगन भए पनि अहिले प्रक्रिया सुरु भएको बताए ।

    निजगढको पनि प्रक्रिया अघि बढेको छ । योसहित अब हामी काठमाडौँसहित पोखरा, भैरहवा र निजगढ विमानस्थललाई पीपीपी मोडलमा अगाडि बढाउनुपर्छ र जरुरी छ’, उनले भने, ‘पुरानो राष्ट्रवादको रक्सी पिएर मातेर बस्नु हुँदैन । आजको राष्ट्रवादको जगमा उभिएर बैरी र अभावको अन्य गर्नुपर्छ, नुनपानी र रोटीको ग्यारेन्टी गर्नुपर्ने राष्ट्रवाद हामीलाई चाहिएको छ ।’

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar