युवा विद्यार्थीहरुलाई नेपालमै अवसरको पहिचान गर्न प्रधानमन्त्री कार्कीको आग्रह

  • कालिका खवर
  • आइतवार, माघ ११, २०८२
  • काठमाडौँ : प्रधानमन्त्री सुशीला कार्कीले नेपालमा नै अवसरको पहिचान गर्न युवा विद्यार्थीहरुलाई आह्वान गरेकी छन् । आइतबार काठमाडौंमा आयोजित नेपाल खुल्ला विश्वविद्यालयको पहिलो दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले स्वदेशमा नै बसेर मुलुक बनाउनुपर्ने भन्दै नेपालमा नै अवसरको पहिचान गर्न युवा विद्यार्थीहरुलाई आह्वान गरेकी हुन्।

    उनले मुलुकमा देखिने तमाम व्यथितिबाट भाग्ने नभई आफै डटेर सामना गर्नुपर्नेमा जोड दिइन् । अवसर नभएका ठाउँमा नयाँ अवसरहरूको सिर्जना गरेर जहाँ गए पनि नेपालले गर्व गर्न सक्ने नागरिक भएर अघि बढ्न आग्रह गरिन् ।

    मारोहमा कुलपतिसमेत रहेकी प्रधानमन्त्री कार्कीले विज्ञान, स्वास्थ तथा प्रविधि सङ्काय, सामाजिक शास्त्र तथा शिक्षा सङ्काय र व्यवस्थापन तथा कानुन सङ्कायका गरी पाँच सय ४५ उत्तीर्ण विद्यार्थीलाई दीक्षित गरिन् ।

    तीमध्ये समारोहमा एक सय ९१ को उपस्थिति थियो । प्रधानमन्त्री कार्कीले स्नातक र स्नातकोत्तर तहमा उत्कृष्टता हासिल गर्ने विद्यार्थीलाई कुलपति पदकसमेत वितरण गरेकी थिइन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar