थाई लक्जरी आतिथ्य पोखरामा: हिमालयन हाइड अवे रिसोर्ट द सेन्टारा कलेक्सन उद्घाटनको तयारीमा

  • कालिका खवर
  • मङ्लबार, पुस ८, २०८२
  • काठमाडौं । हिमालय हाइड अ बे रिसोर्ट द सेन्टरा कलेक्सन अब काठमाडौंको पोखरामा प्रवेश गर्नेभएको छ । १ जनवरी २०२६ देखि औपचारिक रूपमा सञ्चालनमा आउन लागेको हिमालयन हाइड अवे रिसोर्ट पोखरा, द सेन्टारा कलेक्सन, पोखरामा पहिलो पटक प्रवेश गर्न लागेको हो ।

    सेन्टरा होटल्स एण्ड रिसोर्टको प्रख्यात थाई होटल ब्रान्ड हो। सेन्टारा होटल्स एण्ड रिसोट्र्सको अन्तर्राष्ट्रिय पहिचान, थाई प्रेरित आतिथ्य र पोखराको अनुपम प्राकृतिक सौन्दर्यको संयोजनमार्फत रिसोर्टले केवल बसाइ मात्र होइन, लक्जरी प्रस्तुत गर्ने लक्ष्य लिएको छ।

    नयाँ वर्षको पहिलो दिनबाटै नयाँ दृष्टिकोणसहित सुरु हुन लागेको यो परियोजनालाई पोखराको पर्यटनमा नयाँ अध्यायका रूपमा हेरिएको छ। रिसोर्टमा जम्मा ४२ वटा फराकिला डिलक्स कोठा, स्वीट र भिल्ला छन्। जसमा कोठाको निजी बगैचा, बालकनी समेत रहेका छन् जहाँबाट हिमाल, पहाड र वरपरको ग्रामीण जीवन सहजै नियाल्न सकिन्छ।

    उदघाटनका अवसरमा रिसोर्टले नेपाली पाहुनाहरुका लागि विशेष उदघाटन प्याकेजको व्यवस्था गर्नेभएको छ । बेड एण्ड ब्रेकफाष्ट योजनामा प्रति रात २५ हजार साथै खानापान र स्पा उपचारमा अरिरिक्क्त १० प्रतिशत निशुल्कm अपरान्ह चियाको व्यवस्थापनि गरेको छ ।

    ३१ मार्च २०२६ सम्म यो अफरले लक्जरी पर्यटनलाई विदेशी पाहुनासम्म सीमित नराखी आन्तरिक पर्यटनलाई पनि आकर्षित गर्ने जनाएको छ। सेन्टारा कलेक्सनको मूल पहिचान थाई आतिथ्य संस्कार हो–नम्रता, व्यक्तिगत सेवा र पाहुनाको अनुभवमा केन्द्रित दृष्टिकोण। हिमालयन हाइड अवे रिसोर्ट पोखराले यहीँ मूल्यलाई नेपाली आतिथ्य संस्कृतिसँग मिसाउँदै फरक स्वाद दिन खोजेको छ।

    रिसोर्टमा अल–डे डाइनिङ रेस्टुरेन्ट, पान–एशियन विशेष रेस्टुरेन्ट, बार तथा लाउन्ज र रमणीय टी हाउस सञ्चालनमा आउनेछन। मेनुमा नेपाली परिकारसँगै थाई तथा अन्तर्राष्ट्रिय स्वाद समावेश गरिने बताइएको छ, जहाँ स्थानीय कच्चा पदार्थ र क्षेत्रीय स्वादलाई विशेष महत्व दिइनेछ।

    यस होटलको उदघाटनसँगै सेन्टारा होटल्स एण्ड रिसोर्टसले नेपालमा आफनो छुटटै उपस्थिती जनाउदै विश्वभरका यात्रुलाई साहसिकता संस्कृति र विलासिताको नयाँ आयामको शुरुवात गर्ने अपेक्षा राखेको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar