सुनकोशीमा डुबेर सात वर्षीया बालिका बेपत्ता

  • कालिका खवर
  • मङ्लबार, कार्तिक ४, २०८२
  • गाईघाट : यहाँको त्रियुगा नगरपालिका–१४ स्थित ढुङ्ग्रेका सात वर्षीया बालिका सुनकोशी नदीमा नुहाउने क्रममा बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालयकाअनुसार स्थानीय अर्जुन तामाङको सात वर्षीया छोरी अनुसा तामाङ डुबेर बेपत्ता भएका हुन्।

    त्रिनपा–१४ का वडाध्यक्ष हेमराज मगरका अनुसार सोमबार दिउँसो साथीहरुसँग सुनकोशीमा नुहाउन गएकी अनुसा पौडी खेल्न नदीमा पस्दा बेपत्ता भएका हुन् । घटनालगत्तै प्रहरीलाई खबर गरेकामा प्रहरीले खोजी जारी राखेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक केदारमान दोङले बताए।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar