सुनको मूल्य घट्दा चाँदीको बढ्यो

  • कालिका खवर
  • बुधबार, कार्तिक १९, २०८२
  • काठमाडौं, १९ कात्तिक । नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ । आज सुन प्रतितोला १ हजार एक सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला २ लाख ३८ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुन आज २ लाख ३७ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

    त्यस्तै, आज चाँदीको मूल्य बढेको छ । आज चाँदी ४ सय ५ रुपैयाँले बढेको हो । मंगलबार प्रतितोला २ हजार ५ सय ८५ रुपैयाँमा कारोबार भएको चाँदी आज २ हजार ९ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar