सुनचाँदीको मूल्यमा सामान्य गिरावट

  • कालिका खवर
  • शुक्रबार, मंसिर ५, २०८२
  • काठमाडौं, ५ मंसिर । अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा आएको उतारचढावको प्रभाव स्थानीय बजारमा पनि परेको छ । बिहीबारको तुलनामा आज दुवै धातुको मूल्य घटेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबारको तुलनामा आज सुनको मूल्य तोलामा एक हजार ३०० रुपैयाँले घटेको छभने त्यति नै परिमाणको चाँदी ८५ रुपैयाँले घटेको छ ।

    आज एक तोला सुनको मोल दुई लाख ४१ हजार ७०० रुपैयाँ निर्धारण भएको छ । त्यसैगरी, चाँदीको मूल्य प्रतितोला तीन हजार १०० रुपैयाँ कायम भएको छ ।

    अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन चार हजार ६२ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar