सन नेपाल लाइफको ९औँ वार्षिकोत्सवमा बीमा जागरण अभियान सम्पन्न

  • कालिका खवर
  • शनिबार, अशोज ३, २०८३
  • काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ९औँ वार्षिकोत्सवको अवसरमा बीमा जागरण अभियान सम्पन्न भएको छ। कम्पनीको कौशलटार क्षेत्रीय कार्यालयको आयोजनामा कौशलटार शाखामा कार्यक्रम गरिएको हो।

    कार्यक्रममा ५० जना वरिष्ठ एजेन्सी म्यानेजरहरुको  सहभागिता रहेको थियो। कार्यक्रममा सन नेपाल लाइफका बजार व्यवस्थापन प्रमुख गणेश चौलागाईं प्रमुख अतिथिका रूपमा सहभागी थिए।

    प्रमुख अतिथि चौलागाईंले बीमाको महत्त्व, जोखिम व्यवस्थापनमा बीमाको भूमिका तथा बीमा किन व्यवसाय मात्र नभई सेवामूलक क्षेत्र हो भन्ने विषयमा प्रशिक्षण दिएका थिए। उनले बीमाले नागरिकको आर्थिक जोखिम न्यूनीकरण गर्दै भविष्यमा आइपर्न सक्ने अनिश्चित परिस्थितिमा आर्थिक सुरक्षा प्रदान गर्ने भएकाले यसलाई सेवाका रूपमा बुझ्नुपर्ने धारणा राखे।

    त्यस्तै, सन नेपाल लाइफका रिजनल म्यानेजर सनत सत्यालले कम्पनीका विभिन्न बीमा योजन तथा उत्पादनबारे जानकारी गराएका थिए। उनले ग्राहकको आवश्यकता र जोखिमअनुसार उपयुक्त बीमा योजना छनोट गर्नुपर्ने विषयमा प्रशिक्षण दिएका थिए।

    कार्यक्रममा सहभागी एजेन्सी म्यानेजरहरूलाई बीमाको पहुँच विस्तार, ग्राहकलाई बीमाबारे सही जानकारी प्रदान गर्ने तथा बीमा सेवाप्रति जनचेतना अभिवृद्धि गर्ने विषयमा समेत जानकारी दिइएको थियो।

    कार्यक्रमबारे सन नेपाल लाइफ कौशलटार क्षेत्रीय कार्यालयका शाखा प्रमुख योगेन्द्र कुँवरले जानकारी दिएका हुन्। कम्पनीको ९औँ वार्षिकोत्सवका अवसरमा बीमासम्बन्धी जनचेतना विस्तार गर्ने उद्देश्यले विभिन्न कार्यक्रम सञ्चालन भइरहेको उनले बताए।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar