सम्झौदा म्याद सकिएको एक वर्षमा पनि बनेन पुल

  • कालिका खवर
  • मङ्लबार, बैशाख ८, २०८३
  • मान्म : निर्माण सम्झौताको म्याद सकिएको एक वर्ष बित्दा पनि यहाँको पलाँता र पचालझरना गाउँपालिकालाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने पक्की पुल निर्माण भएको छैन । पलाँता गाउँपालिकालाई पूर्ण रूपमा तथा पचालझरना गाउँपालिकाका–१ देखि ५ नं वडासम्म राष्ट्रिय सञ्जालसँग जोड्ने सो पुल निर्माणको ठेक्का सम्झौता म्याद सकिँदा समेत काम नभएको हो ।

    कर्णाली प्रदेश सरकारबाट आयोजना स्वीकृत भई भौतिक पूर्वाधार विकास कार्यालय कालीकोटले ठेक्का सम्झौता गरेको थियो । तर हालसम्म पुल निर्माण गर्ने स्थानमा खाल्डो खन्नेबाहेक कुनै काम भएको छैन । पुल निर्माणका लागि श्री हिराचन–क्याराभान सुपरस्टार जेभी, गोपिकृष्णनगर–७ काठमाडौँले ठेक्का लिई २०७७ असोज १३ गते सम्झौता गरेको थियो ।

    सम्झौताअनुसार २०८१ चैत २५ गतेभित्र पुल निर्माण सम्पन्न गर्नुपर्ने थियो । समयमा काम गराउन धेरै प्रयास गरिएको तर निर्माण व्यवसायीले अटेर गरेको भौतिक पूर्वाधार विकास कार्यालय कालीकोटका प्रमुख प्रभाकर सिंहले बताए । “२०८४ असार मसान्तसम्म म्याद थप गरिएको छ”, उनले भने ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar