धारिलो हतियार प्रहारबाट युवकको हत्या

  • कालिका खवर
  • मङ्लबार, बैशाख ८, २०८३
  • काठमाडौं : कञ्चनपुरमा एक युवकको हत्या भएको छ । पुनर्वास नगरपालिका–५, भानुबस्तीमा धारिलो हतियार प्रहारबाट १८ वर्षीय उज्जल सायरको हत्या भएको हो । गाउँकै एक विवाह कार्यक्रममा विवाद हुँदा सायरमाथि चक्कु प्रहार गरिएको कञ्चनपुरका प्रहरी प्रवक्ता हेमबहादुर शाहीले जानकारी दिए । उनका अनुसार सोमबार राति साढे १ बजेतिर विवाहमा विवाद हुँदा धारिलो हतियार प्रहार गरिएको थियो ।

    घाइते अवस्थामा रहेका सायरलाई उपचारका लागि धनगढीस्थित माया मेट्रो अस्पताल लगिएको थियो, तर उपचारकै क्रममा उनको मृत्यु भएको डीएसपी शाहीले बताए । मृतकको छातीमा धारिलो हतियार प्रहार गरिएको पाइएको छ । घटनामा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । घटनाबारे थप भइरहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar